रेनो एक्सचेन्ज क्याम्प, अब तपाईको शहरमा

Dec 06, 2018 Merolagani

नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि यहि २०७५ मंगसिर २० गतेदेखि पुस ६ गतेसम्म नेपाल अधिराज्यभर रेनो एक्सचेन्ज क्याम्प आरम्भ गरेको छ ।

‘‘पुरानो छोडाैं ! नयाँ गुडाऔँ ’’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।