कालिका लघुवित्तले घटाएर गर्याे लाभांश प्रस्ताव

Dec 06, 2018 Merolagani

कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई अघिल्लाे अार्थिक वर्षकाे भन्दा १३.९१ प्रतिशत कम लाभांश प्रस्ताव गरेकाे छ। अघिल्लाे वर्ष कूल २२.३३ प्रतिशत लाभांश वितरण गरेकाे लघुवित्तले गत अावकाे नाफाबाट ८.४२ प्रतिशत मात्र लाभांश वितरण गर्ने  प्रस्ताव गरेकाे हाे ।

मंसिर १९ गते बुधबार ३ बजे बसेकाे लघुवित्तको १६२ अाैं सञ्चालक समिति बैठकले  अार्थिक वर्ष २०७४/७५ काे नाफाबाट शेयरधनीलार्इ चुक्ता पूँजीको ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनकाे ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

अघिल्लाे वर्ष लघुवित्तले २१.२१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.१२ प्रतिशत नगद गरि कूल २२.३३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा लघुवित्तको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

 

 

 

लघुवित्तले गत असार मसान्तसम्ममा अघिल्लो वर्षको तुलनामा १६.२६ प्रतिशत बढी २ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा बढेपनि लघुवित्तले  लाभांश भने भारी घटाएकाे हाे । हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित बोनस शेयर पूँजीकरण पश्चात १० करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा भने १२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९७ पैसा कायम गरेको छ ।

यसअघिकाे लाभांश विवरणमा अन्यथा पर्न गएकाेले सच्चाइएकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।