जिल्लाको पातारासी गाउँपालिका बडा नं ५ मा जन्मीएका बुढाले त्यस क्षेत्रको शैक्षिक बिकासको लागि निरन्तर प्रयास गर्दै आएका छन् ।
सबै व्यक्ति शिक्षित भएमात्र समाज बिकासित हुने भन्दै बुढा आफ्नो तलबको केही हिस्सा विद्यालयको सहयोगका लागि खर्ची रहेका छन् ।
जिल्लाका शंकर आधारभूत बिद्यालय, गंगा मा.बि पेरे, सरस्वती माबि रिनी र मालिका मा.बि लोटचौरमा फलामे बेञ्च बनाएर बुढाले हस्तान्तरण गरिसकेका छन् ।
बुढाको सहयोग पछि भुइँ छाडेर विद्यार्थीहरु बेञ्चमा बसेर खुसीसाथ अध्ययन गर्न थालेका छन् । आफू जन्मेको गाउँपालिकालाई शिक्षीत बनाउने अभियानमा आफ्नो सहयोग कार्य निरन्तरर रहने बुढाले जनाएका छन् ।