चिनियाँ कम्पनी हुवावेको उपप्रमुख क्यानडामा पक्राउ

Dec 06, 2018 Merolagani

अमेरिकी सुरक्षा निकायको आग्रहमा चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपप्रमुख मेंग वानजाउ क्यानडामा पक्राउ परेकी हुन् ।  चिनियाँ दुरसञ्चार कम्पनीका संस्थापककी छोरी पनि रहेकी मेंगलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको थियो ।

उनी चिनियाँ मोबाइल कम्पनी हुवावेकी आर्थिक मामिला प्रमुख समेत रहेकी छन् । 

पक्राउ सम्बन्धि अन्य विवरणहरु सार्वजनिक गरिएको छैन । तर हुवावेले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरुको उल्लघंन गरेको हुनसक्ने भन्दै अमेरिकाले उनीमाथि छानबिन गर्दे आइरहेको बताइएको छ ।

गत अप्रिलमा अमेरिकी अधिकारीहरूले हुवावेका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको घोषणा गरेका थिए ।


मेंगलाई पक्राउ गरिएको विरोधमा क्यानडास्थित चिनियाँ दूतावास अगाडि केहीले प्रदर्शन गर्दे उनको रिहाईको माग गरेका थिए ।

हुवावेले भने मेंग माथि लागेको उक्त आरोपको बारेमा निकै कम जानकारी भएको र उनले कुनै गलत काम नगरेको बताएको छ ।

व्यापारिक विषयलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व चलिरहेको बेला मेंगको पक्राउलाई संवेदनशील मानिएको छ । यि दुई देशले केही समय पहिलेदेखि एक अर्काको सामानमाथि अर्बाै डलर बराबरको शुल्क लगाउदै आइरहेका छन् ।

तर हालैमा उनीहरु बीच ९० दिनका लागि कुनै नयाँ शुल्क नलगाउने सम्झौता पनि भएको थियो । यो समयमा मेंगको पक्राउलाई अर्थपूर्ण मानिएको छ । बीबीसी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।