कार्तिक मसान्तमा कुन म्युचुअल फण्डको अवस्था कस्तो ?

Dec 06, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरुले कार्तिक महिनाको वित्तिय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो महिनाको तुलनामा सबै म्युचुअल फण्डहरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) मा ह्रास आएको छ ।

कार्तिक माहिनामा दोस्रो बजारले बियरिस गति समाउँदा म्युचुअल फण्डको खुद सम्पत्ति घट्दा एनएभिमा प्रत्यक्ष असर परेको हो ।

कुन फण्डको कतिले घट्याे एनएभि

कार्तिक मसान्तमा सबै फण्डहरुको प्रति इकाई खुद मूल्य घटेको छ । जसमा चार फण्डको एनएभि आधार मूल्य भन्दा तल छ भने आठ फण्डहरुको एनएभि आधार मूल्य भन्दा माथि छ । फण्डहरुको आधार मूल्य प्रति इकाई १० रुपैयाँ हो ।

कार्तिक महिनामा ग्लोबल समुन्नत योजना १ को एनएभि सबैभन्दा धेरै २३ पैसाले घटेको छ । यस महिना ग्लोबलको एनएभि ८ रुपैयाँ ३३ पैसा कायम छ । यो एनएभि आधार मूल्य भन्दा एक रुपैयाँ ६७ पैसाले तल झरेको हो ।

यस महिना एनआईसी एशिया ग्रोथ फण्ड र सिद्धार्थ इक्वीटी फण्डको एनएभि सबैभन्दा थोरै दुई पैसाले मात्र घटेको छ। यद्यपि दुवै फण्डहरुको एनएभि आधार मूल्यभन्दा माथि नै रहेको छ । कार्तिकमा सिद्धार्थ इक्वीटीको एनएभि १० रुपैयाँ ४५ छ भने एनआईसी एशिया ग्रोथको १० रुपैयाँ २९ पैसा छ ।

नबिल इक्वीटी फण्डको एनएभि १६ पैसा, एनआईबिएल समृद्धि फण्डको १५, सिटिजन्स मयुचुअल फण्डको १३ पैसा, एनआईबिएल प्रगती फण्डको ११ पैसाले संकुचित भएको छ ।

त्यसैगरी लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी इक्वीटी तथा लक्ष्मी भ्यालु फण्ड १ र एनएमबि सुलभ इनभेष्टमेन्ट फण्ड एल १ को एनएभि ९ पैसाले घटेको छ ।

सानिमा इक्वीटी फण्डको ६ पैसा, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको ५ पैसा, एनएमबि हार्इब्रिड फण्ड एल १ को ३ पैसा र सिद्धार्थ इक्वीटी फण्ड तथा एनआईसी एशिया ग्रोथ फण्डको एनएभि दुई पैसाले घटेको देखिन्छ ।

खुद सम्पत्ति कतिले घट्यो ?

कार्तिक महिनामा शेयरमा गरेको लगानीले राम्रो प्रतिफल नदिँदा फण्डहरुको खुद सम्पत्तिमा नकारात्मक असर परेको देखिन्छ । यस महिना सबै फण्डहरुको खुद सम्पत्ति घटेको छ ।

जस मध्ये ग्लोबल समुन्नतको खुद सम्पत्ति सबैभन्दा धेरै खस्किएको छ । कार्तिकमा फण्डको खुद सम्पत्ति ८३ करोड ३१ लाख ३४ हजार ६८१ रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको एनएभि दुई करोड ३४ लाख ३७ हजार रुपैयाँले घटेको हो ।

१३ फण्डहरु मध्येमा सबैभन्दा थोरै एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति १६ लाख २० हजार ४८३ रुपैयाँले मात्र खुम्चिएको छ ।

सिटिजन्स म्युचुअल फण्ड, लक्ष्मी इम्युटी, नबिल इक्वीटी फण्ड, सिद्धार्थ इक्युटी ओरियन्टेड स्कीम र एनआईबिएल समृद्धि फण्ड १ को खुद सम्पत्ति एक करोड भन्दा धेरै रुपैयाँले घटेको छ ।

त्यसैगरी एनआईबिएल प्रगती फण्डको ८० लाख २३ हजार, लक्ष्मी भ्यालु फण्डको ४२ लाख २४ हजार, एनएमबि हाईब्रिड फण्ड एल १ को ३१ लाख १३ हजार, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड एल १ को ७० लाख ४८ हजार, सानिमा इक्वीटी फण्ड ७७ लाख ३० हजार र सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पत्ति २९ लाख रुपैयाँले संकुचित भएको छ ।

सूचीकृत शेयरमा लगानी

नेप्सेमा सूचीकृत १३ वटा म्युचुअल फण्डमध्ये चार वटा फण्डहरुको असाेजमा शेयर बजारमा गरेकाे लगानी भन्दा कार्तिक महिनामा शेयरमा लगानी बढेको छ भने नौ वटाको घटेको छ । 

कार्तिक महिनामा सिद्धार्थ इक्वीटी फण्डले ५० करोड ४० लाख रुपैयाँ शेयरमा लगानी गरेको छ । यो गत महिनाको तुलनामा ११ करोड २२ लाख १३ हजार रुपैयाँ बढी हो । 

एनआईसी एशिया ग्रोथ फण्डको तीन करोड ७५ लाख २६ हजार, सानिमा इक्वीटी फण्डको एक करोड ९३ लाख ६३ हजार र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको एक करोड ८७ लाख ९५ हजार रुपैयाँले शेयरमा लगानी बढेको छ ।

असोज महिनाको तुलनामा कार्तिकमा शेयरमा लगानी घट्ने फण्डहरुमा सबैभन्दा धेरै एनआईबिएल समृद्धि फण्ड १ को एक करोड ३५ लाख ८० हजार रुपैयाँले घटेको छ । सिटिजन्स म्युचुअल फण्ड, ग्लोबल अाएइमर्इ समुन्नत योजना १, नबिल इक्वीटी, एनआईबिएल प्रगती फण्ड र एनआईबिएल समृद्धि फण्डको पनि एक करोड रुपैयाँ भन्दा धेरैले घटेको देखिन्छ ।

साथै एनएमबि हाईब्रिड फण्ड एल १ को ९५ लाख ६७ हजार, लक्ष्मी भ्यालु फण्डको ५२ लाख ६४ हजार रुपैयाँले संकुचित भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।