बजेट पारित नगराई खर्चने स्थानीय तहलाई अनुदान नदिने अर्थमन्त्रीको चेतावनी

Dec 06, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराएका छन् । अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिए ।

२८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वय गर्न सचेत गराएका हुन् । 

 

बिहिबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठयारोमा पार्नेतर्फ पनि सबै स्थानीय तहको गम्भिर ध्यानाकर्षण गराए।

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उनले प्रदेश र स्थानीय तहमा सबै संरचनाको विकास भईनसकेकाले सबै खालको वित्तिय सहायता हस्तान्तरण गर्न नसकिएको पनि दोहो¥याए ।

प्रदेश मुख्यमन्त्री र अर्थ मन्त्रीहरु सहभागी रहेको परिषदको सो बैठकमा संघ र प्रदेश सरकारको हालसम्मको कामको पनि समिक्षा हुने अर्थ सचिव डा. राजन खनालले जानकारी दिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।