शेयरबजार ओरालो लागेपछि धितोपत्र बोर्ड तात्न थाल्यो, दैनिक नयाँ नयाँ निर्देशन

Dec 06, 2018 Merolagani

शेयर बजार सुधारका लागि नियमनकारी निकायको भूमिका कमजोर रहेको आरोप लाग्दै गर्दा धितोपत्र बोर्डले दैनिक नयाँ नयाँ निर्देशन जारी गर्न थालेको छ । पछिल्लो तीन दिनमा बोर्डले लगात्तार विज्ञप्ति जारी गर्दै बजार सुधारका पहल बारे लगानीकर्तालाई जानकारी गराएको छ ।

केहि दिन अघि नेप्सेलाई नयाँ ब्रोकर थप्ने प्रक्रिाया अगाडि बढाउन निर्देशन दिएको बोर्डले बिहीबार बजार निर्माता र डिलरसिपकोे बिषय अगाडि सारेको छ ।

बुधबार मात्रै विद्यालय तथा विश्वविद्यालयस्तरको पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धिका बिषय समेट्न पहल भइरहेको बोर्डले बताएको थियो ।

संघीय संरचना अनुसार ब्रोकर लाइसेन्स वितरण गर्न निर्देशन

विद्यालयदेखि नै धितोपत्र सम्बन्धी पाठयक्रम समावेश गर्न बोर्डले पहल गर्ने

बिहीबार विज्ञप्ति जारी गर्दे बोर्डले बजार निर्माता र डिलरलाई प्रवेश गराउन भैरहेको तयारीकोे सम्बन्धमा नेप्सेसँग जानकारी माग गरेको छ । नप्सेले कात्तिक २० गतेबाट अनलाईन कारोबार प्रणाली शुरु गरिसकेको अवस्थामा बोर्डले बजार निर्माता र डिलरसिपको बिषय उठाएको हो ।

धितोपत्रको खरिद तथा विक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बजार निर्माता र डिलरले बोर्डले तोकेको व्यवस्था अनुसार कारोवार गर्न तथा धितोपत्रको अण्डरराइटिङ समेत गर्ने गर्दछ।

निरन्तर बजार घटिरहेको र लगानीकर्ताले बजार सुधारका लागि आवश्यक पहल नगरेको आरोप लगाई रहेका बेला बोर्डले धितोपत्र बजारमा बजार निर्माता र डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने विश्वास रहेको छ।

बोर्डले चालु बर्षको नीति तथा कार्यक्रममा पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता र डिलर लाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।