शेयर बजारमा समस्या सुल्झाउन डेपुटी गभर्नरको अध्यक्षतामा कार्यदल गठन

Dec 06, 2018 Merolagani

सरकारले पूँजी बजार र समग्र वित्तीय क्षेत्रमा देखा परेका विद्यमान समस्या र समाधानको उपाय सुल्झाउन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा कार्यदल गठन गरेको छ । कार्यदललाई राय पेश गर्न सात दिनको समयसीमा दिईएको अर्थमन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा शेयर बजारमा आएको गिरावट र बैंकहरुबीच निक्षेप तान्ने होडबाजीमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यस बिषयमा अध्ययनका लागि कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, लगानीकर्ताका प्रतिनिधि, अर्थमन्त्रालय अन्तर्गतकाे वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सह-सचिव उत्तर कुमार खत्री लगायत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

पूँजी बजार, समग्र वित्तीय क्षेत्रमा देखा परेको तरलता तथा ब्याजदर लगायतका समस्याहरु र तिनका समाधानका लागि एक साताभित्र प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरिएको राजश्व सचिव शिशिर ढुङ्गानाले मेरो लगानीलाई जानकारी दिए ।

कार्यदलको सुझाबको आधारमा अर्थमन्त्रालयले विद्यमान समस्या सुल्झाउन आवश्यक पहल गर्ने बताएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।