साञ्जेनको सर्वसाधारण र आयोजना प्रभावितकाे आईपिओका लागि सह निष्काशनकर्ता सम्झौता

Dec 06, 2018 Merolagani

साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ ।

बिहीबार कोषमा भएको सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयरको लागि सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई कोषको जिम्मेवारीमा सह–निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता गरिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।