बैंकरलाई गभर्नरले भने: ब्याजदर बढाउने प्रतिस्पर्धा गलत छ, 'टेक इट सिरियस्ली'

Dec 07, 2018 Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएर गलत गरेको बताएका छन् । नेपाल बैकर्स संघको ३२ औं साधारणसभामा बोल्दै गभर्नर नेपालले बैंकहरुले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरेर राष्ट्र बैंकलाई जिस्काउन खोजेको समेत बताए ।

'यहाँहरुले जुन प्रतिस्पर्धा थाल्नुभएको छ, ब्याजदरमा, त्यो गलत गरिरहनु भएको छ, केन्द्रीय बैंकलाई के गर्न खोजेको हो ? जिस्क्याएको जस्तो हो कि ? जसले यो गरिरहेको छ त्यसलाई राम्रो भने हुँदैन। यसले पब्लिकको पैसा दुरुपयोग गर्न खोजेको भन्ने सोच हो ।' गभर्नर नेपालले  भने ।

हामीले जुन रुपमा तपाईहरुलाई एउटा फ्रिडम जस्तो दिएका थियौं क्रमश रेगुलेटरी बढाउँदै लगेका छौं। सार्कमा जस्तो रेगुलेटरी सिस्टम हामीकहाँ छैन तर त्यस्तो हुँदैन भन्ने नसोच्नुहोला। तुरुन्त केहि गर्दैछौं हामी । त्यसमा तपार्इहरु आश्चर्य नहुनुहोस्।

'तपाईहरु जो बैंक खोल्नु हुन्छ सात आठ दश प्रतिशत पैसा राख्नुहुन्छ । त्यसपछि ९० प्रतिशत भन्दा बढी पैसा राष्ट्र बैंकले जनतासँग उठानुहोस् भनेको छ । किन त्यसलाई आर्थिक विकासका लागि सहि ठाउँमा प्रयोग गर्नुस् । त्यसलाई आफ्नो व्यक्तिगत विजनेश गर्न थाल्यो भने केन्द्रीय बैंकले रिस्क्यु गर्नुपर्ने हुन्छ ।'

यो फ्याक्ट्री, ग्रामेन्ट उद्योग खोलेजस्तो होइन । सर्वसाधारणको सम्पति खेलाउदा अलिकति सम्बेदनशील हुनुहोस । यहाँहरुलाई नैतिक दबाब पनि दिईरहेका छौँ। ताकी तपाईहरु सर्वसाधारणप्रति इमान्दार र संवेदनशिल  रहनुपर्छ। गभर्नर नेपालको भनाई थियो ।

गभर्नर नेपालले भने "तपाईहरु क्वालीफाइड व्यक्ति हुनुहुन्छ, तपाईहरु जस्तो मान्छेले यस्तो गर्ने हो ? सबैभन्दा राम्रो क्वालीफाइड र बुझेको मान्छे रहने सेक्टर यही हो । यस्तो संस्थाले पनि गलत उपयोग गर्ने ? तपाईहरुले कुरो बुझ्नु भएको छ । तपाईहरुको ब्याजदर बढाउने रेसले राम्रो गर्दैन । यसलाई राष्ट्र बैंकले संवेदनशिल रुपमा लिएको छ । टेक इट सिरियस्ली ।"

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।