चौतारी लघवित्तको आईपिओमा दुई दिनमा झण्डै अर्बको आवेदन

Dec 07, 2018 Merolagani

आइतबार निष्काशन बन्द हुने ।
चौतारी लघुवित्त (CHAUTARI)को आईपिओमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ। लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता शेयरमा १६.२४ गुणा बढी आवेदन परेको हो ।

लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार दोस्रो दिन मंसिर २० गतेसम्म एक लाख ४७ हजार आवेदनबाट ९१ करोड ४ लाख ३६ हजार रुपैयाँ बराबरको ९१ लाख ४ हजार ३६० कित्ता शेयर माग भएको छ । आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँदछ । तरपनि लगानीकर्ताको आकर्षण भने अत्याधिक देखिएको छ ।

लघुवित्तको शेयर संख्या कम हुने भएकाले धितोपत्रको दोस्रो बजारमा उच्च मूल्यमा खरिद बिक्री हुने गरेको छ । जसले गर्दा अन्य कम्पनीहरुको तुलनामा लघुवित्तका हरेक आइपिओमा अत्याधिक आवेदन पर्ने गरेको छ । जसले गर्दा ज्यादै न्यून आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउने गरेका छन् ।

लघुवित्तले निष्काशन गरेको शेयरमा मंसिर २३ गते आइतबारसम्म आवेदन गर्न पाइनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सकिने व्यवस्था छ ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

कस्तो छ लघुवित्त ?

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

हाल चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ र १२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । संस्थापक शेयरधनीबाट १२ करोड ६० लाख रुपैयाँ चुक्ता भइसकेको छ भने आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैयाँ हुनेछ ।

लघुवित्तले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, २०७६।७७ मा ४ करोड ६८ लाख र २०७७।७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।