स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशराज पोखरेल नियुक्त

Dec 07, 2018 Merolagani

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशराज पोखरेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पोखरेललाई कार्यकारी निर्देशकका लागी छनोट गरिएको हो ।

पोखरेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनलाई खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि कार्यकारी निर्देशक बनाइएको हो ।

निर्देशकको नाम सिफारिस गर्न गठित समितिले पोखरेलसहित दामोदर बसौला र श्रीमान कार्कीको नाम सिफारिस गरेको थियो ।

स्वास्थ्य बीमा ऐन २०७४ अनुसार कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्सा शास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तमिा दश बर्षको अनुभव पाप्त गरेको र ६५ बर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।