मिथिला लघुवित्तले लाभांश प्रस्तावको सूचना ढिलो गरी गर्यो सार्वजनिक

Dec 07, 2018 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई वितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । गत बुधबार लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेकोमा बिहीबार उक्त प्रस्ताव सार्वजनिक नगरी शुक्रबार मात्र सार्वजनिक गरेको हो ।

लघुवित्तले १०.४५ प्रतिशत बोनस तथा र प्रयोजनका लागि ०.५४९९९९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

६ करोड ५९ लाख ७७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित बोनस वितरण पश्चात चुक्ता पूँजी ७ करोड २८ लाख ७२ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।