दोस्रो बजारमा पाइन्छन् सस्तोमा वाणिज्य बैंकको शेयर, ३ बैंकको मात्रै ५ सय माथि

Dec 07, 2018 Merolagani

शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २७ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर दुई समयभन्दा तल रहेका छन् ।

स्टकमा बिहीबार भएको कारोवारका आधारमा सेञ्चुरी कर्मसियल बैंकको शेयर कमजोर देखिएको छ ।

सो बैंकको शेयर प्रतिकित्ता १७० रुपैयाँमा कारोवार भएको थियो ।

सिभिल बैंकको शेयर प्रतिकित्ता १५८, जनता बैंकको १७४, एनसिसी बैंक १९९, नेपाल बङ्गलादेश बैंक १८९, मेगा बैंक १८६ रुपैयाँमाकारोवार भएको छ ।

सिटिजन बैंकको २२२, कुमारी बैंक २४० , प्रभु बैंक २४०, सनराइज बैंकको प्रतिकित्ता २१६ मा कारोवार भएको छ । सिद्धार्थ बैंक ३०५, एनएमबी बैंंक ३५६, एनआइसी एशिया ३५७, नेपाल एसबिआइ बैंक ३९४, प्राइम कर्मसियल बैंक ३१५ रुपैयाँमा खरीद बिक्री भएको छ । माछापुच्छ्र्रे« बैंक २०४, कुमारी बैंक २४० रुपैयाँमामा कारोवार भएको छ ।

कृषि विकास बैंक ३२७, बैंक अफ काठमाडौँ ३०५ रुपैयाँमा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक ३१४, हिमालयन बैंक ४४७, सिद्धार्थ बैंकको शेयर ३०५ रुपैयाँमा कारोवार भएका छन् ।

यस्तै केही बैंकका शेयर मात्रै ५०० रुपैया भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंकको शेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोवार भएका आधारमा नवील बैंक ८५०, नेपाल इन्भेस्टमेन्ट बैंक ६१९, एभरेष्ट बैंक ५२४, स्ट्याण्र्डड चार्टड बैंकको शेयर ५६५ मा खरीद बिक्री भएका छन् ।

विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामासमेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।