अनलाइन कारोबारको पूर्वाभ्यास तालिममा लगानीकर्ताको भीड

Dec 07, 2018 Merolagani

नेपाल स्टक एक्सचेन्जले लगानीकर्तालाई लक्षित गर्दै आयोजना गरेको अनलाइन कारोबार प्रणालीको तालिममा लगानीकर्ताको भीड लागेको छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वायनमा आउनु पहिले नेप्सेले आयोजना गरेको कारोबार सम्बन्धि तालिममा लगानीकर्ताको भीड देखिएको हो ।

यसले बजारमा अनलाइन प्रणालीका सम्बन्धमा नकरात्मक टीकाटिप्पणी भैरहे पनि लगानीकार्ता अनलाइन मार्फत कारोबार गर्न आतुर रहेको बुझिन्छ ।

मंसिर १६ गते देखि २१ गतेसम्म संचालीत तालिममा दैनिक ५० देखि ६० जना सम्मले भाग लिने गरेको नेप्सेले जानकारी दिएको छ । तालिममा सहभागि अधिकांश लागानीकर्ताले तालिम लिएपछि अनलाईबाट शेयर खरिद बिक्री गर्ने विषयमा थप जानकारीहरु माग्ने गरेको नेप्सेले बताएको छ ।

वाइको प्रालि र नेप्सेका प्रतिनिधिले अनलाइन कारोबार गर्ने सम्बन्धमा ५ दिनसम्म दैनिक एक घण्टा तालिम दिएका हुन ।

मोक ट्रेडिङ गर्न खासै चासो नदिएका लगानीकर्ताहरुले २३ गते देखि अनलाइन कारोबार आउने भए पछि अनलाइन सम्बन्धी तालिममा चासो देखाएका हुन् ।

के भन्छन् तालिममा सहभागि लगानीकर्ता ?

‘तालिम लिएपछि अनलाइन कारोबार गर्न कुनै समस्या हुँदैन । तर यो सिष्टिममा टेक प्रफिट, स्टप लस, फूट अप्सन, कल अप्सन र कम्पनीहरुको डाटा नहुदा अलिकति अपुरो भएको जस्तो लाग्यो ।’ लगानीकर्ता तेज श्रेष्ठले बताए ।

‘लाइभ कारोबारमा पनि कुनै समस्या नखेदिएमा शेयर बजारका लगानीकर्तालाई धेरै सहज हुन्छ ।’ अर्का लगानीकर्ता सहदेब रायमाझीले भने । शेयर कारोबारमा तोकिएको अधिकतम र न्युनतम सीमाले बजारलाई म्यानुपुलेट गर्न सक्ने उनको बुझाई छ ।

‘आम लगानीकर्ताले सोचेको अनलाइन यो हैन । अहिलेको सिष्टिमलाई तोडमोड मात्र गरेर अर्डर दिने ठाउँसम्म मात्र बनाइएको हो ।’ अर्का लगानीकर्ता सुन्दर खड्काले बताए । फूल्लि अटोमेटेड अनलाइन यस्तो नहुने भन्दै उनले यसको सुधारमा खड्का आशावादी छन् ।

लगानीकर्ता बशुन्धरा मरासिनी भन्छिन् ‘अनलाइन सिस्टम लगानीकर्ताले सोचेको भन्दा फरक जस्तो लाग्यो । तर शेयर खरिद बिक्री गर्नको लागि नै ब्रोकरमा धाउने अवस्थाको अन्त्य अनि कारोबार आदेश रद्ध गर्न सकिने फिचर मन पर्यो । यसले रिस्क कभर गर्न केही सजिलो बनाउला ।’

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।