सेञ्चुरी कमर्सियल बैंकको उच्च ब्याजदर सहितको आर्कषक योजना सार्वजनिक

Dec 08, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताका लागि वार्षिक ब्याजदर १३ प्रतिशत र १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२ प्रतिशत ब्याज प्रदान गर्ने गरी दुई नयाँ योजना सार्वजनिक गरेको हो ।

नेपाल बैंकर्स संघको मंसिर १८ गते सम्पन्न बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेअनुरुप यो योजना सार्वजनिक गरेको हो ।

विशेष मुद्दती खातामा न्युनतम ५ लाख रुपैयाँ र साधारण मुद्दती खातामा न्युनतम १० हजार रुपैयाँ व्यालेन्स हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले विशेष मुद्दती खातामा मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ भने सााधारण मुद्दती खातामा त्रैमासिक रुपमा भुक्तानी गर्नेछ ।

यो योजना मंसिर २१ गते शुक्रबार देखिनै लागू भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।