लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Dec 08, 2018 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले लाभांश पारित गर्न ३२ औं साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको ३७७ औं संचालक समितिको बैठकले आगामी माघ ७ गते दिउँसो १ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा डाकेको हो ।

साभारण सभामा बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १७.५० प्रतिशत अर्थात प्रतिशेयर १७ रूपैयाँ ५० पैसा नगद लाभांश स्वीकृत गर्नेछ । यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी एक जना संचालकको निर्वचन गर्ने तयारी गरेको छ ।

सााधारण सभामा आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको प्रतिबेदन माथि छलफल गरी पारित गर्नेछ । लेखा परिक्षकको प्रतिबेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवहामाथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुष २९ गते देखि माघ ७ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । यस अुनसार पुष २६ गते बिहिबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछ ।

बैंकले गत वर्ष २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

८ अर्ब एक करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी छ । चालु आर्थिक वर्षको पहलिो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात २२.३३ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।