चौतारी लघुवित्तको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन

Dec 09, 2018 Merolagani

चौतारी लघुवित्त (CHAUTARI) को आईपिओमा आवेदन गर्ने आइतबार अन्तिम दिन हो । लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणका लागि ५ लाख ६० हजार ७०० कित्ता शेयर निष्काशन गरेको छ ।

आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सकिने व्यवस्था छ ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ्ग प्रदान गरेको छ ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

कस्तो छ लघुवित्त ?

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

हाल चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ र १२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । संस्थापक शेयरधनीबाट १२ करोड ६० लाख रुपैयाँ चुक्ता भइसकेको छ भने आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैयाँ हुनेछ ।

लघुवित्तले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, २०७६।७७ मा ४ करोड ६८ लाख र २०७७।७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।