गत वर्ष कम्पनीले २० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।
कम्पनी सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकलले २६ वार्षिक साधारण सभामा लाभांश पेश गर्ने निर्णय पनि गरेको छ । बैठकले पुस २७ गते बिहान १० बजे कार्की ब्यङक्वेट, बबरमहल, काठमाडौंमा हुने जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ६ गते देखि २७ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुरुप पुस ५ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछ ।
गत आर्थिक वर्षमा ७१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ छ ।१० प्रतिशत बोनशपछि २ अर्ब ४३ करोड रुपैयाँ नाघ्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ २९८ रुपैयाँ ११ पैसा र पिई रेसियो १०१.९२ गुणा बढी छ । कम्पनीकाे वार्षिक प्रतिशेयर आम्दानी १८ रूपैयाँ ७२ पैसा छ ।