पूर्ण स्वचालित अनलाइन सूरु भएकै दिन प्रणालीमा देखियो समस्या

Dec 09, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत कारोबार सुरु गरेको दिन नेप्सेको प्रणालीमा समस्या देखिएको छ । बजार खुलेको आधा घण्टा पुग्दा जम्माजम्मी सात वटा कारोबार मात्र हुन सकेको छ ।



नेप्सेले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नरहेको दाबी गरेपनि आइतबार बजार खुल्नासाथ कारोबार हुन सकेन । नेप्सेको डिस्प्लेमा आधा घण्टासम्म शेयर किनबेचको कुनै विवरण देखिएन् ।

तर यता नेप्सेले भने बजार खुल्नासाथ कारोबार सुचारु भएको दाबी गरको छ । नेप्सेका एक अधिकारीले सुरुमा नेप्सेको वेवसाइटको डिस्प्लेमा समस्या देखिएपनि कारोबार बजार खुल्नासाथ आरम्भ भएको बताए ।

तर बजार खुलेको आधाघण्टाको अवधिमा जम्माजम्मी ७ वटा मात्र कारोबार भएको नेप्सेको वेवसाइटमा देखिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।