सूर्योदय लघुवित्त र तिनाउ विकास बैंकको बोनसपछि शेयरमूल्य समायोजन

Dec 10, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले सूर्योदय लघुवित्त र तिनाउ विकास बैंकको साेमबार शेयरमूल्य समायोजन गरेको छ। दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशका लागि सोमबार गरेको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

नेप्सेले सूर्योदय लघुवित्त (SLBS) को ४२.७५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता एक हजार एक रुपैयाँ पाँच पैसामा शेयरमूल्य समायोजन गरेको छ ।

लघुवित्तको १८० दिन नेप्सेमा शेयर कारोबार भएको मूल्यका आधारमा औसत आधारमूल्य ८७९ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

सूर्याेदय लघुवित्तले पुस ७ गते डाक्यो साधारण सभा, बोनस पश्चात ५०% हकप्रद बेच्ने

सूर्याेदय लघुवित्तको ४२.७५ प्रतिशत बोनस सुरक्षित गर्ने अाइतबार अन्तिम दिन

त्यसैगरि तिनाउ विकास बैंक (TNBL) को १२ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५७ रुपैयाँ १४ पैसामा शेयरमूल्य समायोजन भएको छ ।

विकास बैंकको १८० दिन नेप्सेमा शेयर कारोबार भएको मूल्यका आधारमा औसत आधारमूल्य २३४ रुपैयाँ ५७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

तिनाउ विकास बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, मर्जरमा जाने संकेत

तिनाउ डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अाइतबार अन्तिम दिन

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।