साथै इन्भेष्टमेन्ट बैंकले आर्कषक लाभांश घोषणा गरेकाले पनि बजार सुध्रर्न सहयोग पुगेको देखिन्छ । शेयर बजारका लगानीकर्ताले बजार सुधार र विस्तारको माग राखेर आन्दोलन थालेपछि अर्थमन्त्रालय मुद्रा र पूँजी बजारको समस्या समाधान गर्न गठित समितिले काम थालेको जानकारी गराएको थियो । त्यस्तै धितोपत्र बोर्डले समेत विज्ञप्ति जारी गर्दै बजारमा लगानी गर्न अनुकुल समय रहेको उल्लेख गरेको थियो ।
अनलाइन कारोबारको थालनी अर्थमन्त्रालय तथा धितोपत्र बोर्डले बजार सुधारको काम अगाडि बढाउन आवश्वस्त पार्ने विज्ञप्ति जारी गरेकोपछि लगानीकर्ताको आत्मबल बढेको देखिन्छ । साथै बजार न्यून विन्दुमा पुगेको बेला शेयर किन्ने उपयुक्त मौका कुरेर बसेका लगानीकर्ता बजार प्रवेश गर्दा यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।
सोमबार नेप्से १२.४९ अंकले बढेर ११४४.१९ अंकमा उक्लिएको छ। यसदिन १६३ कम्पनीका १२ लाख ६४ हजार कित्ता शेयर ४३ करोड ६७ लाख रुपैयाँमा बराबरमा किनबेच भए । कारोबार रकम आइतबारको तुलनामा २१ करोड बढी हो । आइतबार २२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका दश उप सूचकमध्ये आठ वटा सकारात्मक रह्यो भने दुई सूचकमा गिरावट आएको छ । यस दिन उत्पादन र अन्य बाहेका सबै समूह सकारात्मक रहेका छन् ।
आज इन्भेष्टमेन्ट बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ५ करोड ४८लाख रुपैयाँको बराबरको कारोबार भएको हो । १८ प्रतिशत बोनसको साथमा २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकको शेयरमा लगानीकर्ताको आर्कषण देखिएको हो ।
सोमबार रैराङ हाइड्रोको शेयरमूल्य सबैभन्दा बढी ७.७७ प्रतिशतले बढेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशत बढीले घटेको छ ।