हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढी खाताबाट २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत १८.८० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल भएको छ ।
बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ । यस बैंकले हाम्रो विकास बैकलाइ प्राप्ति गरी एकीकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।