इष्टर्न हाइड्रोपावरको आईपिओले पायाे खराब रेटिङ्ग

Dec 11, 2018 Merolagani

इष्टर्न हाइड्रोपावर कम्पनी (EHL) को साधारण शेयरले सबैभन्दा कमजाेर जनाउने 'इक्रा एनपि आइपिओ ग्रेड ५' रेटिङ्ग प्राप्त गरेको छ । कम्पनीले १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गराएको हो ।

रेटिङ्ग कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले इक्रा एनपि आईपिओ ग्रेड ५ रेटिङ्ग प्राप्त गरेको छ। जसले कम्पनीको अवस्था अत्यन्त कमजोर जनाउँछ ।

कम्पनीले कूल १५ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनका गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दा लागि ६ लाख २० हजार कित्ता र ९ लाख ३० हजार कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ।

 

धेरै जलविद्युत कम्पनीहरुको अवस्था कमजोर हुँदा हालसम्म निष्काशन भएका जलविद्युत कम्पनीहरुको शेयरबाट लगानीकर्ताले फाइदा कमाउन सकेका छैनन् । 

सोही कारणले विभिन्न लगानीकर्ताहरुका संघहरुले ग्रेड पाँच रेटिङ्ग पाउने कम्पनीलाई आईपिओ निष्काशनमा नै रोक लगानुपर्ने माग समेत नियामक निकायहरुसँग राखेका छन् । क्रेडिट रेटिङ्गमा कमजोर देखिने कम्पनीहरुको प्रतिफल क्षमता पनि सोही अनुसार कमजोर नै रहने गर्दछ।

कम्पनीले भोजपुरमा ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको प्रति मेगावाट लागत २३ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना ऋण पूँजीबाट ६० प्रतिशत र शेयर पूँजीबाट ४० प्रतिशत रकम जुटाउने गरि निमार्ण थालिएको हो।

करिब ८५ प्रतिशत आयोजनाको निमार्ण कार्य सम्पन्न भैसकेको आयोजनाले आगामी असार वि.सं. (२०७६) सम्म निमार्ण सम्पन्न गरि विद्युत्त उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

उत्पादन गर्ने विद्युत ४ किलोमिटरको प्रसारण लाइन निर्माण गरेर भोजपुर सब स्टेशनमा जोडिनेछ ।

विद्युत विकास विभागकाे कारवाहीमा इष्टर्न

विद्युत विकास विभागले हालै सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्यत आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन गरेको अभियोगमा इष्टर्न हाइड्रो पावर सहित १३ जलविद्युत आयोजनाका प्रवर्द्धकलाई कारवाही गरेको छ ।

विभागले इष्टर्न हाइड्रो पावरलाई भने ऐनको दफा सात उल्लङ्घन गरेको अभियोगमा कारवाही गरेको हो ।

विद्युत ऐन २०४९ को दफा ३८ बमोजिम ती कम्पनीलाई पाँच हजार दण्ड गरिएको हो । सो ऐनले जलविद्युत् आयोजनाको अनुमतिपत्र लिनुपर्नेमा सो नलिइ वा अनुमतिपत्रमा उल्लेख भएका शर्त पालन नगरी विद्युत् उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएका अधिकारीले पाँच हजारसम्म जरिवाना गर्न र त्यस्तो काम बन्द गराउन सक्ने व्यवस्था  छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।