जनता बैंककाे लाभांश प्रस्ताव

Dec 11, 2018 Merolagani

जनता बैंक नेपाल लिमीटेड (JBNL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सो लाभांश घोषणा गरेको हो ।

बैंकले प्रस्ताव गरेको नगद लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।

जनता बैंकले ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँ चुक्ता पूँजीको ८.५० प्रतिशत बराबरको ६८ करोड ६६ हजार ८०३ रुपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्नेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १४.४० प्रतिशत बोनस वितरण गरेको थियो ।

गत आर्थिक वर्षमा जनता बैंकले ९३ करोड ४७ लाख रुपैयाँ बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो एक अर्ब ७९ करोड खुद नाफा कमाएको थियो ।  

 

 

बैंककाे चालु आर्थिक वर्षको प्रथम त्रैमासमा यस्तो छ :-

जनता बैंकको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको यसै अवधिकाे तुलनामा दोब्बर भएको छ। त्रिवेणी विकास बैंकलाई गाभेकाे यस बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ३२ करोड १९ लाख रुपैयाँ पुर्याएको हो ।

गत वर्षको प्रथम त्रैमासमा बैंकले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९९.४८ प्रतिशतले बढाएको हो ।

खुद नाफाभन्दा फ्रि प्रोफिट कम

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा ६ करोड ५९ लाख व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफाभन्दा घटेको हो । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय बैंकले २५ करोड ५९ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ ।

गत वर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट २९४.९५ प्रतिशतले धेरै हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ६ करोड ४८ लाख रुपैयाँ मात्र थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

कर्जा विस्तार र निक्षेप संकलन यस्तो

असोज मसान्तमा बैंकको निक्षेप संकलन सुधारात्मक देखिएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ६२ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधिको तुलनामा २०.३७ प्रतिशतले निक्षेप संकलनमा वृद्धि गरेको हो भने २३.३७ प्रतिशतले धेरै कर्जा लगानी गरेको हो ।

निष्कृय कर्जा घट्यो, प्रतिशेयर आम्दानी बढ्यो

गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा जनता बैंकको निष्कृय कर्जा अनुपात यस त्रैमासमा घटेको छ । गत वर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.६५ प्रतिशत रहेकोमा १.५४ प्रतिशतमा झारेको हो ।

विकास बैंकमा राम्रो मानिएको त्रिवेणी विकास बैंकलाई गाभेपश्चात बैंकको व्यवसाय वृद्धि हुँदा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि सुधारिँदै आएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसाबाट बढाएर १६ रुपैयाँ १० पैसा कायम छ । बैंकको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात ११.९३ गुणा बढी छ ।

चुक्ता पूँजी आठ अर्ब, दुई अर्ब २४ करोडको जगेडा कोष

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरिसकेको यस बैंकले पूँजी वृद्धिसँगै लगानीकर्तालाई प्रतिफल वितरण गर्ने जगेडा कोषलाई समेत मजबुत पारेको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षकाे नाफाबाट १४.४० प्रतिशत बोनस बाँडेर चुक्ता पूँजी बढाएको यस बैंकको जगेडा कोषको आकार १७.९६ प्रतिशतले बढोत्तरी भएको छ ।

प्रथम त्रैमासमम्ममा जनता बैंकले जगेडा कोष दुई अर्ब ३४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा एक अर्ब ९८ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।