कार्यदल छलफलमा व्यस्त, अनशनरत लगानीकर्ताको असहमति

Dec 11, 2018 Merolagani

पूँजी बजारमा देखिएका समस्या र समाधानको उपायको लागि सरकारलाई सुझाव दिन गठित कार्यदलको बैठकमा लगानीकर्ताहरुले संकलन गरिएको सुझाबमाथि छलफल भएको छ । राष्ट्रबैकमा मंगलवार बिहान बसेको बैठकमा लगानीकर्ता संघ संस्थाका प्रतिनिधिहरुले कार्यदलमा सुझावहरु प्रस्तुत गरेका थिए ।

इन्भेष्टमेण्ट फोरमका अध्यक्ष अम्विकाप्रसाद पौडेलले मंगलवार कार्यदलमा लगानीकर्ताबाट प्राप्त भएका सुझाबहरु बारे छलफल भएको र भोलीबाट प्रतिवेदन लेख्ने प्रकृया अगाडि बढ्ने जानकारी दिए ।

यता, नेप्से कार्यालयमा रिले अनसनमा बसेका लगानीकर्ता दवाव समूहका प्रतिनिधिहरुले भने कार्यदलमा भइरहेको काम कारवाहीप्रति असन्तुष्टि जनाएका छन् ।

दवाव समूहले एक बिज्ञप्ति जारी गर्दै अनसनका कारण सरकार दवावमा परेर कार्यदल बनाउन बाध्य भएपनि कार्यदलले आफूहरुसँग कुनै छलफल नगरेको जनाएको छ ।

साधारण लगानीकर्ताहरुले अनसनलाई व्यापक समर्थन गरिरहेको बेला आफूहरुलाई बाइपास हुनेगरी प्रतिबेदन आए मान्न नसकिने निष्र्कष निकालेको छ ।

पूँजी बजारको बिकास र बिस्तारका सम्वन्धमा सात दिनभित्र सुझावसहितको प्रतिवेदन दिने म्यान्डेडसहित सरकारले गत साता डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक समिति गरेको थियो । समितिमा बैकर्स संघका अध्यक्ष, लगानीकर्ता संघका प्रतिनिधिहरु, धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधि र अर्थ मन्त्रालयका बित्तिय क्षेत्र हेर्ने सहसचिव सदस्य छन् ।

नेप्से परिसरमा जारी अनसनको प्रमुख बुँदा अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामा भएकोले दवाव स्वरुप कार्यदल गठन गरिएको अनुमान गरिएपनि अनसनरत लगानीकर्ता दवाव समूहका प्रतिनिधि भने कार्यदलमा छैनन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।