फ्रान्समा राष्ट्रपतिद्धारा तलब वृद्धि र कर छुटको घोषणा

Dec 11, 2018 Merolagani

महंगी विरुद्धको आन्दोलन चर्किएपछि त्यसको जवाफमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले कयौँ कल्याणकारी कदम उठाउने घोषणा गरेका छन् । टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रपति म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका हुन् ।

म्याक्रोले सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने घोषणा गरेका छन् ।

कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको छ । म्याक्रोले भने, ओभर टाइम आयमा पनि अब कर लाग्ने छैन र रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने छ ।

यद्यपी म्याक्रोले देशका धनीहरुलाई कर लगाउन अस्वीकार गर्दै भने, ‘यसले हामीलाई कमजोर बनाउँछ तर हामीलाई नयाँ रोजगारी सिर्जना गर्न जरुरत छ ।’

इन्धनमाथिको करवृद्धि, महंगी र अन्य कयौँ मुद्दालाई लिएर फ्रान्समा विगत ४ हप्तादेखि हिंसात्मक प्रदर्शन जारी छ ।

म्याक्रोले अबदेखि फ्रान्सका सबै क्षेत्रका मेयरहरुसँग भेट्ने र जनताका समस्या बुझेर समाधानको पहल गर्ने समेत आश्वासन दिए । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।