स्वदेशी लघुवित्त कम्पनीले यसअघि १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेर स्वीकृतीका लागि राष्ट्र बैंकमा पठाएकोमा अस्वीकृत भएपछि सो कम्पनीका शेयरधनीको भने हात खाली हुने भएको छ ।
सूचीकृत लघुवित्तमध्ये अब ६ वटाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न बाँकी रहेको छ । लाभांश प्रस्ताव गर्न बाँकी लघुवित्त कम्पनीहरुमा आरम्भ माइक्रोफाइनान्स, ग्रामिण विकास लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्त र सर्पोट माइक्रोफाईनान्स रहेको छ ।
आरम्भ माइक्रोफाइनान्सको जगेडा कोष ऋणात्मक रहेको छ भने सपोर्ट माईक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ लाख मात्र जगेडा भएकाले यस पटक यस लघुवित्त कम्पनीका शेयरधनीलार्इ पनि लाभांश वितरण गर्न सक्ने अवस्था छैन ।
ग्रामिण विकास लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्तले भने शेयरधनीलाई लाभांश खुवाउनसक्ने अवस्था रहेपनि हालसम्म लाभांश घोषणा गरेका छैनन् ।
गत आर्थिक वर्षको नाफाबाट ३१ वटा लघुवित्तले आफ्ना शेयरधनीलाई कसले कति लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ? केही बेरमा उक्त्त सामाग्री प्रकाशन हुनेछ ।
करिब तीन दर्जन लघुवित्तको लाभांश प्रस्ताव, सूर्योदयको सबैभन्दा धेरै, अन्यकाे कति ?