करिब तीन दर्जन लघुवित्तको लाभांश प्रस्ताव, सूर्योदयको सबैभन्दा धेरै, अन्यकाे कति ?

Dec 11, 2018 Merolagani

नेप्सेमा सूचीकृत ३८ लघुवित्त कम्पनीहरुमध्ये गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गर्ने लघुवित्त कम्पनीहरुको संख्या ३१ पुगेको छ। मंसिर २४ गते सोमबारसम्म ३१ लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका हुन्। 

लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये सूर्योदय लघुवित्तले सबैभन्दा धेरै ४२.७५ प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश घोषणा गरेको छ । सबैभन्दा कम भर्खरै साधारण शेयर जारी गरेको नेपाल सेवा लघुवित्तले ५.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

लघुवित्त कम्पनीहरुले प्रस्ताव गरेको उक्त लाभांश आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभाबाट अनुमोदनपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

नेप्सेमा सूचीकृत ३८ लघुवित्त कम्पनीहरुमध्ये गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गर्ने बाँकी लघुवित्त कम्पनीहरुको संख्या ६ रहेको छ ।

ती मध्ये आरम्भ माइक्रोफाइनान्सको जगेडा कोष ऋणात्मक रहेको छ भने सपोर्ट माईक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ लाख मात्र जगेडा भएकाले यस पटक यस लघुवित्त कम्पनीका शेयरधनीलार्इ पनि लाभांश वितरण गर्न सक्ने अवस्था छैन ।

ग्रामिण विकास लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्तले भने शेयरधनीलाई लाभांश खुवाउनसक्ने अवस्था रहेपनि हालसम्म लाभांश घोषणा गरेका छैनन् ।

६ लघुवित्त कम्पनीको लाभांश घोषणा हुन बाँकी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।