दुई दिन दोहोरो अंकले बढेको बजारमा तेस्रो दिन सामान्य गिरावट

Dec 11, 2018 Merolagani

सरकारले पूँजी बजारका समस्या र समाधान अध्ययन गर्न उच्चस्तरिय कार्यदल गठन गरेपश्चात लगातार दुई दिन दोहोरो अंकले बढेको शेयर बजारमा तेस्रो दिन भने सामान्य गिरावट आएको छ । कारोबारमा आएका अधिकांश समूहको उपसूचक नकारात्मक रहेपछि समग्र बजार घटेको हो ।

आइतबार र सोमबार लगातार दुईदिन दोहोरो अंकले बजार बढ्दा २३ अंक माथि उक्लिएको थियो । मंगलबार नेप्से ३.०८ अंकले घटेर ११४१.१० अंकमा झरेको छ । कारोबारमा आएका दश उपसमूहमध्ये तीनवटा मात्र सकारात्मक रहेपछि समग्र बजार नकारात्मक देखियो ।

दुईदिन लगातार बजार बढ्दा नाफा बुकिङ् गर्नतर्फ लगानीकर्ता लागेपछि बजारमा बिक्री चाप देखिएको हो । जसले गर्दा कम्पनीहरुको शेयरमूल्य घट्दा समग्र बजार ओरालो लाग्यो । अर्कोतर्फ लगानीकर्ताहरुको आन्दोलनको कार्यक्रम जारी छ । बजारको अध्ययन गर्न गठित समितिले काम अघि बढाइरहेको अवस्थामा लगानीकर्ताहरु अध्ययन समितिको प्रतिवेदनको पर्खामा समेत रहेको देखिन्छ ।

यसदिन १६४ कम्पनीकाृे ३८ करोड बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै नेपाल बैंकको १३ करोड बढीको शेयर किनबेच भएको छ । गुह्श्वरी मर्चेन्टको शेयरमूल्य सबैभन्दा धेरै आठ प्रतिशत बढीले उकालो लागेको बजारमा मञ्जुश्री फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै सात प्रतिशत बढीले ओरालो लागेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।