मञ्जुश्री फाइनान्सले घोषणा गरेको लाभांश घटायो, कसले गर्ने कारबाही ?

Dec 11, 2018 Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) ले यसअघि घोषणा गरेको नगद लाभांश दर घटाएको छ । कम्पनीले यसअघि प्रस्ताब गरेको ९ प्रतिशत नगद लाभांशलाई २.९ प्रतिशतमा झारेको छ ।

फाइनान्सले मंसिर २१ गते सर्वजानिक गरेको सुचनामा त्रुटी भएको भन्दै संशोधन गरिएको जनाएको छ । आज मंसिर २५ गते नेप्सेमा सुचना प्रकाशित गर्दै फाइनान्सले ११ औं बार्षिक साधारण सभामा चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँको २.९ प्रतिशत मात्रै नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको हो ।

फाइनान्सले पुष १६ गते थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

 

सााधारण सभामा फाइनान्सले उपयुक्त अन्य कुनै बैंक तथा वित्तिय संस्थाको पहिचान गरी मर्जरमा तथा एक्वीजिशनमा जाने संकेत गरेको छ । सभाले मर्जर तथा प्राप्तीका लागि फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति, पारिश्रमिक निर्धारण, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका अन्य आवश्यक सबै प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनका लागि फाइनान्सले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नेछन् ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।