व्याजदरमा प्रतिस्पर्धा : विकास बैंक र फाइनान्स पनि वाणिज्य बैंकको बाटोमा

Dec 11, 2018 Merolagani

वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले व्याजदरमा गरिएको भद्र सहमति हटाए पछि निक्षेपको व्याजमा वाणिज्य बैंकहरुको प्रतिस्पर्धा चलिरहेको छ। विकास बैंकहरुले भने वाणिज्य बैंकको बाटोमा नजाने बताउँदै गर्दा केही विकास बैंक तथा फाइनान्स कम्पनी निक्षेपको व्याजदरमा वाणिज्य बैंकको बाटोमा उक्लिएका छन् ।

वित्तीय बजार एउटा बाटो अघि बढिरहेका बेला जसरी पनि नाफा बढाउने सोचका साथ वाणिज्य बैंकहरु निक्षेपमा उच्चतम दरको व्याज दिन प्रतिस्पर्धामा उत्रिरहेका छन् । कोभन्दा को कम भने झैं वाणिज्य बैंकहरुले व्याजदर बढाउन थाले पछि विकास बैंक तथा फाइनान्स कम्पनी पनि उक्त प्रतियोगितामा सामेल भएका हुन् ।

वाणिज्य बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीको भन्दा बढी ब्याज दिन थालेपछि आफ्नो निक्षेप वाणिज्य बैंकमा सर्ने डरले विकास बैंक तथा फाइनान्सहरु ब्याजदर बढाउने अभियानमा लागेका हुन् ।

मंगलबारसम्ममा राष्ट्रियस्तरका दुई विकास बैक तथा ६ वटा फाइनान्स कम्पनीले नयाँ व्याजदर निकालेका छन् । जहाँ वाणिज्य बैंकहरुले प्रस्ताव गरेको व्याजदर सरहमा निक्षेप आह्वान गरिएको छ ।

मुक्तिनाथ र कैलाश विकास बैंकले १२.५ प्रतिशत निक्षेप ब्याजदर निर्धारण गरेका छन् । ६ वटा फाइनान्स कम्पनीहरुले १३ प्रतिशतसम्ममा निक्षेप लिने योजना सार्वजनिक गरेका छन् ।

त्यस्ता ६ फाइनान्स कम्पनीहरुमा गोर्खाज, युनाइटेड, गुडविल, आईसिएफसि, मञ्जुश्री र बेष्ट रहेका छन् । उल्लेखि ८ संस्थाले मंगलबार सूचना सार्वजनिक गर्दै व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर वृद्धि गरिएको घोषणा गरेका हुन् ।

आसिएफसि फाइनान्सले तीन महिना भन्दा माथि पाँच वर्ष सम्मको व्यक्तिगत मुद्धति निक्षेपमा १३ प्रतिशत ब्याजदर वितरण गर्ने छ ।

आईसिएफसिले संस्थागत मुद्धतितर्फ एक वर्ष देखि ५ वर्ष अवधिको मुद्धतिमा ११ प्रतिशत र एक वर्ष अवधिको मुद्धतिमा १२ प्रतिशत ब्याज दिने जनाएको छ ।

उता युनाईटेड फाइनान्सले कम्तीमा २० हजारसम्मको रकम १ वर्षका लागि मुद्धति निक्षेप गर्नेहरुलाई १३ प्रतिशत व्याज दिने भएको छ । एक वर्षभन्दा बढी अवधिको मुद्धति निक्षेपमा भने फाइनान्सले ११.२५ प्रतिशत व्याज दिनेछ ।

गोर्खाज र बेष्ट फाइनान्सले एक वर्ष अवधिको मुद्धति निक्षेपमा १३ प्रतिशत व्याज दिने घोषणा गरेका छन् ।
त्यसैगरी गुडविलले तीन महिना देखि ३ वर्षसम्मको मुद्धति निक्षेपमा १३ प्रतिशत ब्याज दिने छ ।

मञ्जुश्रीले पाँच महिनासम्मको मुद्धतिमा ११ प्रतिशत र ६ देखि १३ महिनाको मुद्धति निक्षेपमा १३ प्रतिशत ब्याज दिने जनाएको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुले घमाघम ब्याज बढाउदा विकास बैंक र फाइनान्सले निक्षेप ब्याजदर १२ प्रतिशत भन्दा माथि नजाने सहमति गरेका थिए । तर उक्त सहमतिलाई तोड्दै ब्याजदर १२ प्रतिशत भन्दा माथि निर्धारण गरेका हुन् ।

यसरी मुद्धति निक्षेपको ब्याजमा बढोत्तरी हुदा बैंक तथा वित्तीयहरुको बेस रेटमा पनि वृद्धि हुदा आगामी दिनमा कर्जाको ब्याजदर अझै आकाशिने देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको मनोमानीका कारण बढ्ने क्रममा रहेको व्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले बेलैमा पहल कदमी नलिएको खण्डमा समस्या भयावह हुने निश्चित छ । किनकी अहिले बैंकहरुले कमाईम गिरावट नआओस भन्नका लागि पनि मौकाको फाइदा उठाई रहेका छन् ।

कम्तीमा राष्ट्र बैंकले कर्जा तथा निक्षेपको हकमा सेवाग्राहीसँग भएको सम्झौता अनुसारको व्याजदरलाई परिवर्तन गर्न नसकिने किसिमको परिपत्र बैंक तथा वित्तीय संस्थाका नाममा जारी गर्ने हो भने वित्त बजारले केही राहत महसुस गर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।