मध्य भोटेकोशीको आईपिओ भर्ने बुधबार अन्तिम दिन, कसले गर्न पाउँछ अावेदन ?

Dec 12, 2018 Merolagani

मध्यभोटेकोशी जलविद्युत आयोजना (MBJCL) ले निष्काशन गरेको दोस्रो चरणको साधारण शेयर (आईपिओ) मा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर १९ गते देखि एक सय रुपैयाँ अंकित दरको २७ करोडको २७ लाख कित्ता बिक्रीमा ल्याएको थियो ।

कम्पनीले निष्काशन गरेको यस शेयरमा संगठित संस्थापक शेयरधनीहरु (चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेड, नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेड, तथा सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी लिमिटेड) र कर्मचारी सञ्चयकोषका (ऋणदाता संस्था) कर्मचारीहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

कम्पनीले निष्काशन गरेको दोस्रो चरणको यस आईपिओमा संस्थापक संगठित संस्थाका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयर छुट्टाइएको छ ।

जसमा संस्थापक संगठित संस्थाले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म आवेदन गर्न पाउनेछन् भने ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीले ५० देखि अधिकतम १२०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । सबै आवेदकहरुले सी आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । आवेदनका लागि कर्मचारी परिचयपत्र लगायतका कागजात अनिवार्य गरिएको छ ।

मध्य भोटेकोशीले यसअघि पहिलो चरणमा कात्तिक २८ देखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता (बचतकर्ता) का लागि एक अर्ब १७ करोड रुपैयाँ बराबरको एक करोड १७ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । यो आईपिओ निष्काशन पश्चात दुबै शेयर एकैपटक पुसमा बाँडफाँड हुने बिक्री प्रबन्धकहरुले जनाएका छन् ।

कति पर्यो आवेदन ?

यस आइपिअनोमा मंसिर २५ गते मंगलबारसम्म १.४८ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपिओमा ७ हजार ८०० जना आवेदनबाट ३९ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको रुपैयाँ बराबरको ३९ लाख ८७ हजार ५०० कित्ता शेयरका लागि माग आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते कम्पनीले स्वीकृति पाएको थियो ।

सिन्धुपाल्चोकबासीका लागि ६० करोडको आईपिओ

सञ्चयकोषका बचतकर्ता र कर्मचारी तथा संस्थापक संगठित संस्था र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर निष्काशन गरिसकेपश्चात तेस्रो चरणमा आयोजनाले आयोजनाबाट प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्नेछ ।

९० करोडको आईपिओ सर्वसाधारणलाई

त्यसपछि चाैंथाे चरणमा कम्पनीले सर्वसाधारण तथा सामूहिक लगानी कोषका इकाई र मध्य भोटेकोशीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता शेयरहरु जारी गर्ने जनाएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कुल दुई अर्ब ९४ करोडको आईपिओ जारी गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीले लिएको बाहेकका अन्य समुहलाई छुट्टाइएको दुई अर्ब चौरानब्बे करोड बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले हुने दुई करोड चौरानव्बे लाख कित्ता साधारण शेयर जारी गर्नेछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी छ अर्ब रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।