लघुवित्तले मंसिर २४ गते गत आर्थिक वर्षको १५ प्रतिशत बोनस पश्चत कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । यो हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश तथा बोनस पश्चात कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
मेरोले चालू आवको वर्षको प्रथम त्रैमासमा ४४.१० प्रतिशत नाफा बढाएर दुई करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ ।
ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ ।
कम्पनीले हाल ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।