नीतिगत अस्थिरता पूँजी बजारको मुख्य बाधक, स्थिर नीति र मापदण्ड आवश्यक

Dec 12, 2018 Merolagani

शेयरको धितोमा दिएको कर्जा सबैभन्दा सुरक्षित कर्जा हो। यो कर्जामा नेपाल राष्ट्र बैंकले १५० प्रतिशतको रिस्क वेट चार्ज गरेको छ। जसले गर्दा शेयर व्यवसायीले लिएको कर्जाको कस्ट जहिल्यै पनि महंगो हुन्छ ।

जब–जब बजारमा तरलता अतिरिक्त हुन्छ। त्यो अवस्थामा मात्रै पूँजी बजारमा कर्जा प्रवाह हुन्छ । जब–जब पूँजी बजारमा तरलताको कमी हुन्छ, त्यसपछि पूँजी बजारमा कर्जा प्रवाह नहुनु पूँजी बजार निरन्तर घट्नुको मुख्य कारण हो ।

तसर्थ हामीले लोन अगेन्स्ट शेयर र मार्जिन ल्यान्डिङ्ग ब्रोकरलाई दिने भनिएको छ । यि दुईमा फरक हुनुपर्छ। लोन अगेन्स्ट शेयरलाई एउटा र मार्जिन ल्यान्डिङ्गलाई फरक तरिकाले ट्रिटमेन्ट गर्नुपर्छ भन्ने हाम्रो बुझाई हो ।

शेयरको धितो कर्जाको सीमा बढाउने। राष्ट्र बैंकले विगतदेखि नै नियमक निकायहरुले कहिले ८० प्रतिशत कहिले तजबिजी, कहिले ५० प्रतिशत कहिले ४० प्रतिशत । हामीले पूँजी बजारमा लगानीको मापदण्ड बनाउन सकेनौं । मापदण्ड के भने नेटवर्थ छ, पिई छ। आधा दर्जनभन्दा बढी कम्पनीलाई धितोपत्र बोर्डले, नेप्सेले मापन गरेको छ। यि वर्गका कम्पनीहरुलाई पनि यस्तै किसिमको बनाउनुपर्छ ।

नीतिगत अस्थिरताको कारणले पनि पूँजी बजार दिन प्रतिदिन घटिरहेको छ । तसर्थ स्थिर नीति, स्थिर मापदण्ड ल्याउनुपर्छ भन्ने मेरो विषय हो ।

मार्जिन ल्यान्डिङ्ग ल्याउने भनिएको २ बर्ष भइसक्यो । ब्रोकरको क्षमता वृद्धि गर्ने, ब्रोकर मार्फत मार्जिन ल्यान्डिङ्ग प्रवाह गर्ने भन्ने कुरा अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन । जसले गर्दा लगानीकर्ता अन्यौलको अवस्थामा रहेको अवस्था हो ।

त्यसैगरी तत्कालै पूँजी बजारलाई असर पार्ने र तत्कालै सम्बोधन गर्न सकेको खण्डमा पूँजी बजारको स्थिरतामा यि कुराहरुले सहयोग गर्दछ । भने हामीले पटक पटक बैदेशिक एनआरएनलाई पूँजी बजारमा भित्र्याउने भनेर सरकारको नीति तथा कार्यक्रममा विगत ४-५ बर्षदेखि पार्दै आयौँ तर आजसम्म त्यो प्रक्रिया भनाईमा बाहेक व्यवहारमा कार्यान्वयन हुन नसक्नु पनि पूँजी बजारको यो अवस्था हुनुको कारण हो ।

त्यसैगरी स्वेदेशी संस्थागत लगानीकर्ताहरुलाई आज पूँजी बजारको पिई रेसियो १२, १३ अधिकांशको १० प्रतिशत आइसक्दा बैंक तथा वित्तिय संस्थामा एम्टीमा राख्नुभन्दा पूँजी बजारमा लगाउनु फाइदाजनक अवस्था आइसकेको छ ।

त्यो अवस्था पनि सरकारका संस्थाहरु जस्तैः सञ्चयकोष र ठूलो फण्ड लगानी गर्ने बिमा कम्पनीहरु लगायतका निकायले पनि पूँजी बजारप्रति केही लगानी गर्देको भए यो अवस्था हुने थिएन र राम्रो प्रतिफल आउने थियो ।

विभिन्न क्षेत्रका कम्पनीहरु उत्पादनमूलक क्षेत्र, हाइड्रोपावरका क्षेत्र छन्, उनीहरुको पिई रेसियो १० भन्दा तल आइसक्दा पनि कसैले त्यो क्षेत्रमा लगानी गर्नुपर्छ भनेर नभनेको अवस्थामा आम लगानीकर्ताहरुलाई त्यो क्षेत्रप्रति फ्रस्टेशन भएको मेरो बुझाई हो ।

अहिले पछिल्लो समयमा अनलाइन ट्रेडिङ्ग गर्ने भन्यौँ, अनलाइन कारोबार सुरु गर्याैँ तर जुन किसिमले लगानीकर्ताहरुबाट अनलाइनको अपेक्षा गरिएको थियो, त्यो किसिमले काम नगरेको र जुन किसिमले हामीले इन्टिग्रेटेड अनलाइन सिस्टम सिडीएस र बाहिरीसँग इन्टिग्रेसन गरेर ल्याउनुपर्ने त्यसमा पनि अहिलेसम्म त्यस्तो किसिमको सुरसार नभएकोले फेरि पनि लगानीकर्ता त्यहाँनेर अलिकति अन्यौलको अवस्थामा छन् भन्ने मेरो बुझाई हो ।

(सरकारले गठन गरेको मुद्रा तथा पूँजीबजार अध्ययन समितिमा लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गरेका इन्भेष्टस फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले अर्थ समितिमा राखेको सुझाव)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।