योभन्दा पहिले अमेरिका, व्रिटेन, जापान, न्यूजिल्याण्ड र अस्ट्रेलियाले यो कदम उठाइसकेको छ ।
१७० देशमा कारोबार गर्ने चिनियाँ दुरसञ्चार उपकरण कम्पनीका लागि यो ठूलो झट्का हो ।
ताइवानले यो कदम यस्तो समयमा उठाएको छ, जब हुवावेकी उपप्रमुख मेंग वानजाउको गिरफ्तारीलाई लिएर अमेरिका र चीनमा तनाव कायम छ ।
ताइवान सरकारले भनेको छ कि, अरु कयौँ देशमा पनि हुवावेमाथि यस्तो प्रकारको प्रतिबन्ध लगाइएको छ । उता ताइवानमा राष्ट्रिय सुरक्षासँग जोडिएको संकट अधिक गहिरो छ । किनकि चीनले ताइवानलाई आफ्नो हिस्सा बताउदै आइरहेको छ र उसलाई आफ्नो नियन्त्रणमा लिनका लागि सैन्य कारबाहीको पनि धम्की दिदैँ आएको छ ।
यस्तोमा यस्ता कम्पनीमाथि व्यापार गर्नका लागि ५ बर्षको प्रतिबन्ध लगाइएको छ ।
उता हुवावेकी उपप्रमुख तथा प्रमुख वित्तिय अधिकारी मेंग वानजाउमाथि इरानसँगको कारोबारमा अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको आरोप रहेको छ । एजेन्सी