नेप्सेले मंसिर २३ गते आइतबारदेखि शेयर बजारका लगानीकर्तालाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पहूँच प्रदान गर्न थालेको थियो ।
पूर्ण अनलाइन कारोवार प्रणाीको पहुँच लगानीकर्तासम्म पुर्याएको चार दिनमा जम्मा २२ जना लगानीकर्ताले मात्र अनलाइन कारोवारका लागि यूजर नेम र पासवर्ड लिएको रहितग्राही खातापनि एकीकृत भएका २२ जना मध्ये तीन जनाले मात्र कारोवार गर्न थालेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
नेप्सेले तयारी गरेको अनलाइन प्रणालीमा पटक पटक समस्या आएपछि अनलाइनमा लगानीकर्ताको सोचे अनुरुपको आकर्षण नदेखिएको हो ।
अनलाइनको यूजर नेम र पासवर्ड माग गर्ने कतिपय लगानीकर्ताको हितग्राही खाता सम्वन्धि पूणरुपमा उपलव्ध नभएको, एउटै हितग्राही खाता बिभिन्न शेयर सदस्यकोमा देखिन आएकोले ती बिवरण सच्याउन थालिएको पराजुलीले बताए ।
अनलाइन प्रणलीमा आवद्ध हुनेहरुलाई सिडिएस प्रणालीसँग पनि एकीकृत गरि यूजर र पासवर्ड दिने गरेको नेप्सेले जनाएको छ । साथै नेप्सेले आफ्ना डिम्याट खातामा रहेको बिवरण दुरुस्त बनाएर मात्र अनलाइन प्रणालीको प्रकृया थाल्न लगानीकर्तालाई अनुरोध गरेको छ ।
साथै नेप्सेले आगमी पुष १७ गतेदेखि क्लियरिङ बैंकलाई समेत एकीकृत गराई पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत कारोबार गर्ने तयारी भइरहेको जनाएको छ ।