ऊर्जामन्त्री पुनद्धारा ऊर्जा क्षेत्रमा सहयोग गर्न आग्रह

Dec 13, 2018 RSS

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अष्ट्रिया सरकारलाई आग्रह गरेका छन्। बुधबार भएको शिष्टाचार भेटघाटको क्रममा नेपालका लागि अष्ट्रियाका राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरसँग मन्त्री पुनले सो आग्रह गरेका हुन् । 

अष्ट्रियाका विभिन्न कम्पनीले नेपालका महत्वपूर्ण आयोजनाका काम गरिरहेको भन्दै उनले लगानी नै गर्ने गरी आवश्यक तयारी गर्न समेत राजदूतमार्फत अष्ट्रिया सरकारलाई आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूतले नेपालको ऊर्जा क्षेत्रका लगानी र अनुभव आदानप्रदान गर्न आफ्नो देश इच्छुक रहेको धारणा राखेका थिए । उनले त्यसका लागि नेपाल सरकारलाई औपचारिक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको जानकारी दिए ।

यस्तै मन्त्री पुनसँग बुधबार नै अष्ट्रियाको यातायात र प्रविधि मन्त्रालयका आसियान तथा विमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरले समेत भेटवार्ता गरेका छन् । भेटमा निर्देशक मिचेलले ऊर्जा क्षेत्रमा औपचारिक रुपमा काम गर्न चाहेको बताएका थिए ।

उर्जामन्त्री पुनले जलविद्युत्मा अष्ट्रियाको प्रविधि संसारमै चर्चित रहेको भन्दै नेपालमा पनि ती कम्पनीले काम गरिरहेको भन्नेमा आफू जानकार रहेको बताए ।
उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिँदै लगानीका लागि उपयुक्त वातावरणसमेत तयार भएको जानकारी गराएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।