दुबै कम्पनीले लाभांश वितरणका लागि शुक्रबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
विजय लघुवित्त कम्पनी (VLBS) को शेयर बिहीबार प्रतिकित्ता ६९७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ । लघुवित्तले गत आवको मुनाफाबाट १० प्रतिशत शेयर लाभांश र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यो लाभांश पारित गर्न लघुवित्तले पुस १४ गते होटल रेड कार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे साधारण सभा आह्वान गरेको छ ।
सभाले मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई अनुमोदन गर्नेछ । त्यस्तै बोनसपश्चात कायम हुने १९ करोड ४८ लाख १० हजार रुपैयाँ चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने एजेन्डा छ ।
दश प्रतिशत बोनस र सभाले पारित गर्ने हकप्रद पश्चात लघुवित्तको चुक्ता पूँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
त्यसैगरि नेपाल ल्यूव आयल (NLO) को ४० प्रतिशत लाभांश सुरक्षित गर्ने पनि बिहीबार नै अन्तिम दिन हो । कम्पनीले शुक्रबार देखि बुक क्लोज गर्ने भएकाले बिहीबार सम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीको शेयर बिहीबार प्रतिकित्ता २१३ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
कम्पनीकाे पुस १२ गते याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११:३० बजे आह्वान गरेको सभाले गत वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।