बैंकहरुको निक्षेपमा देखियो एक्कासी यस्तो सुधार, ऋण लगानीमा संयमित बन्दै

Dec 13, 2018 Merolagani

लगानी योग्य रकमको अभाव भएपछि निक्षेप तान्न बचतको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका बैंकहरुको निक्षेप मंसिरको तेस्रो साता उल्लेखीय मात्रामा बढेको छ । तर बैंकहरुमा बढेको यो निक्षेप ब्याजदरको प्रतिस्पर्धाले भने होईन ।

मंसिरको तेस्रो साता बैंकहरुमा ४२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । मंसिर १४ गतेसम्म बैंकहरुमा २५ खर्ब ६५ अर्ब निक्षेप रहेकोमा मंसिर २१ सम्म २६ खर्ब ७ अर्ब पुगेको छ । सरकारले स्थानीय निकायको बजेट बैंकहरुलाई चलाउन दिएपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । यसअवधिमा बैंकहरुको कर्जा भने सात अर्बले बढेको छ ।

अहिले बैंकहरुबीच निक्षेप तान्न मुद्धति बचतको ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको छ । केही बैंकहरुले यस्तो ब्याजदर १३ प्रतिशत पुर्याइसकेका छन् । धेरैजसो बैंकहरुले १२ देखि साढे १२ प्रतिशत ब्याजदरमा निक्षेप तानिरहेका छन् । आर्कषक ब्याजदर दिएपनि बैंकहरुको निक्षेपमा भने उल्लेखीय सुधार देखिदैन् । मंसिर महिनामा सरकारी पैसा पाएकाले बैंकहरुको निक्षेपमा सुधार देखिएको हो।

सरकारले स्थानीय निकायहरुको बजेट बैंकहरुको निक्षेपमा गणना गर्न दिदा यसबाट मात्रै बैंकहरुमा ३७ अर्ब निक्षेप बढेको हो । सरकारी पैसा गणना नगर्दा मंसिरको तेस्रो साता बैंकहरुको निक्षेप ५ अर्बले मात्र बढेको देखिन्छ। जबकी कर्जा लगानी सात अर्बले बढेको छ ।

लगानी योग्य रकमको अभाव खेपिरहेको बताउदै आएका बैंकहरुले कर्जा विस्तारमा केही संयमता अपनाएका छन् । मंसिर सुरु भए यता बैंकहरुमा ४१ अर्ब निक्षेप थपिएको छ भने उनीहरुले २० अर्ब कर्जा विस्तार गरेका छन् । मंसिरको तेस्रो सातासम्म बैंकहरुमा २६ खर्ब ७ अर्ब निक्षेप छ भने उनीहरुले २३ खर्ब ३ अर्ब कर्जा परिचालन गरेका छन् ।

चालु आर्थिकबर्ष सुरु भए यता बैकहरुमा १३७ अर्ब निक्षेप थपिएको छ । यस अवधिमा बैंकहरुको कर्जा १९२ अर्बले बढेको छ । गत असारको अन्तयसम्म बैंकहरुमा २४ खर्ब ७० अर्ब निक्षेप थियो भने त्यसअवधिमा बैंकहरुले २१ खर्ब ११ अर्ब कर्जा लगानी गरेका थिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।