महालक्ष्मी विकास बैंकको थप दुई शाखा विस्तार

Dec 13, 2018 Merolagani

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा मंसिर २६ गतेबाट कैलाली जिल्लामा स्थापित बैंकका दुई शाखाहरु क्रमशः कैलारी गाउँपालिका वडा नं १, स्थित हसुलिया शाखा तथा गोदावरी नगरपालिका वडा नं १, स्थित अत्तरिया शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

दुबै शाखा कार्यालयहरुको समुद्घाटन सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले गरेका हुन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले शाखा उद्घाटन समारोहमा आगामी दिनहरुमा आफ्ना ग्राहकहरुलाई बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।