गत मंसिर १७ गते नेपाल धितोपत्र बोर्डले नेप्सेलाई संघिय संरचना अनुसार ब्रोकर लाईसेन्स बितरण गर्ने प्रक्रिया अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको थियो ।
काठमाडौ उपत्यका बाहिरका आर्थिक रुपमा सबल जिल्ला तथा स्थानहरुमा ब्रोकर कार्यालय खोल्न अनुमति प्रदान गर्न बोर्डले भनेको थियो ।
यता नेप्सेले नयाँ कार्यविधि बनिसके पछि मात्र काठमाडौं बाहिरका स्थानमा ब्रोकर कार्यालय स्थापना गर्न लाइसेन्स प्रदान गर्ने प्रकृया अगाडि बढ्ने मेरो लगानीलाई जानकारी गराएको छ । केही दिनमा कार्यविधिको टुङो लाग्ने समेत नेप्सेले जनाएको छ ।
अब आउने कार्यविधिले ब्रोकरहरुको प्राविधिक, भौतिक पूर्वधारहरु निधारण गर्ने बारेमा उल्लेख हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । साथै ब्रोकरहरुको व्यापार योजना र ब्रोकरमा काम गर्ने जनशक्तिको विषयमा पनि कार्यविधिमा उल्लेख गरिने.भएको छ ।
देश संघिय संरचनामा गई सकेको अबस्थामा ब्रोकर स्थापना हुने स्थानको जनघनत्व र व्यवसायिक सम्भाव्यताहरुका आधारमा ब्रोकर लाइसेन्स वितरण गर्ने नेप्सेको तयारी छ । कार्यविधिमा ब्रोकरहरुको काम कर्तव्य र तिनीहरुको दायित्वहरुलाई प्रस्ट रुपमा समाबेस हुने पनि पराजुलीले जानकारी गराए।
बोर्डले स्थानियस्तरमा धितोपत्र बजारको पहुँच पुर्याउने र स्थानीयस्तरको बचत तथा लगानीलाई दिर्घकालीन पूँजी परिचालन गरी पूँजी बजारको दायरा फराकिलो बनाउन ब्रोकर विस्तार गर्न लागेको बताउँदै आएको छ ।
हाल नेपालमा ५० वटा ब्रोकर कार्यालयहरु संचालनमा छन् । तिनै ५० ब्रोकरहरुको शाखा कार्यालयले उपत्यका बाहिरका ४१ स्थानबाट शेयर खरिद बिक्रीको सुबिधा दिदै आएका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुाले पनि ब्रोकेजको काम गर्न सक्ने व्यवस्था गरिएको छ । तर यसका लागि बैंकहरुले छुट्टै कम्पनी स्थापना गरेर काम गर्नुपर्ने हुन्छ । शेयर बजार सुस्त भएको र छुट्टै कम्पनी खोलेर ब्रोकर सेवा संञ्चालन गर्नुपर्ने हुँदा बैंकहरुले खर्च पनि नउठ्ने देखेपछि यसतर्फ खासै चासो देखाएका छैनन् । अहिलेसम्म एनआइसि एशियाले मात्र ब्रोकेज सेवा दिन राष्ट्र बैंकमा निवेदन दिएको छ ।