समस्या सम्बोधन हुने अपेक्षाले सुध्रियो शेयरबजार, कारोबार रकम समेत बढ्यो

Dec 13, 2018 Merolagani

शेयर बजार सुधारका लागि अध्ययन गर्न गठित कार्यदलले बुझाएको सुझाबहरु कार्यान्वयनमा आउने अपेक्षा बढ्दा शेयरबजारमा सुधार देखिएको छ । कार्यदलले सरोकारवालाहरुसँग सुझाब संकलन गरेर अन्तिम प्रतिवेदन तयार गर्दैछ ।

गत साता अर्थमन्त्रीले मुद्रा तथा शेयर बजारका समस्या र समाधानका उपाय खोज गर्न अध्ययन समिति गठन गरेयता शेयर बजारमा क्रमश सुधार देखिएको छ ।अध्ययन समितिले बजारलाई पूँजी बजारको बिकासका र विस्तारका लागि तत्काल सरकारले चाल्नु पर्ने कदमको विषयलाई समेटेर आइतबार प्रतिवेदन बुझाउँदै छ।

जसमा लगानीकर्ताहरुले बर्षैदेखि उठाउदै आएका मार्जिन ल्यान्डिङ् र ब्याजदरको विषयलाई प्राथमिकतामा राखिएको छ । साथै आन्दोलनरत लगानीकर्ताले उठाएका मागहरुलाई पनि कार्यदलले आफ्नो सुझाबमा समेटेको छ । तत्काल सबै माग पुरा नभएपनि लगानीकर्ताले उठाएका अधिकांश समस्या सम्बोधन हुने अपेक्षाले बजार बढेको हो ।

संसदको अर्थ समितिमा समेत पूर्वअर्थमन्त्रीहरु लगायत सरोकारवालाहरुले शेयर बजार बिषय उठाएपछि सरकारलाई सम्बोधन गर्नुपर्ने दबाब परेको छ । त्यस्तै बैंकहरुले अनौपचारिक रुपमा ब्याजदर नबढाउने सहमति गरेका खबरहरुले पनि लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।

विहीबार नेप्से सूचक ७.६० अंकले बढेर ११४८.७८ बिन्दुमा पुगेको छ । यसदिन बुधबारको तुलनामा कारोबार रकम समेत सुधार भएको छ । बुधबार २६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज भने ५ करोड ४९ लाख रुपैयाँले बढेर ३२ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भयो । बिहिबार १५४ कम्पनीको ९ लाख ९७ हजार ६७२ कित्ता शेयर किनेबेच भए ।
’क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् १.६४ अंकले बढेर २४४.७० विन्दुमा उक्लेको छ ।
'कारोबारमा आएका १० उपसूचकमध्ये होटल, फाइनान्स र अन्य समुह बहेक सबै सुचक सकारात्मक छन् । सबै भन्दा धेरै निर्जीवन बीमा कम्पनीको ६५.७८ अंकले बढेको छ । यस्तै जीवन बीमा ३०.२७, माइक्रोफाइनान्स ११.६१ अंकले सकारात्मक भएको हो ।

यता सबै भन्दा धेरै अन्य समुह २.५७ अंकले नकारात्मक भए । होटल १.८५, फाइनान्स ०.४४ अंकले घटेको हो ।  यस दिन नेपाल इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५ करोड २५ लाखको कारोबार भएको छ । त्यसैगरि नेपाल बैंक २ करोड २६ लाख, माछापुच्छ्रे बैंकको संस्थापक शेयर २ करोड ३ लाख, छिमेक लघुवित्तको १ करोड ८५ लाख, एनएमबि बैंक एक करोड ६५ लाख, इन्भेष्टमेन्ट बैंक एक करोड ३१ लाख, एनआईसि एशिया बैंकको १ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

 

बिहिबारको बजारमा नागबेली लघुवित्तको शेयरमुल्य ५.२५ र लक्ष्मी लघुवित्तको ५.१५ प्रतिशतले उकालो लागेको छ । यस्तै रैराङ्ग हाइड्रोवापर र काभेली विकास बैंकका शेयरधनीहरुले ४ प्रतिशत भन्दा बढिले कमाएका छन् ।

यस दिन सबै भन्दा धेरै सुर्याेदय लघुवित्तको शेयरमूल्य ३.५७ प्रतिशतले घटेको छ । यस्तै सेन्ट्रल फाइनान्स, पन्चकन्या माईको शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।