संकटमा परेका कपडा उद्योगलाई सरकारको अाकर्षक राहत प्याकेज

Dec 13, 2018 Merolagani

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कपडा उद्योगीहरुको माग सम्बोधन गरेपछि कपडा उद्योगीहरुलाई राहत पुग्ने भएको छ ।

बिहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कपडा उद्योगीहरुलाई बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने लगायतका निर्णय भएकाे जानकारी दिए ।

सरकारले आर्थिक ऐन २०७५ बाट नेपाली कपडा उद्योगीहरुले पाउँदै आएको सुविधा हटाएकाे र कर छुटको व्यवस्था नराख्दा विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै आन्दोलनरत थिए ।

विदेशी कपडासँग प्रतिष्पर्धा गर्नका लागि सरकारले नेपाली कपडा उद्योगलाई मुल्य अभिवृद्धि करको छुटमा दिँदै आएको सुविधालाई निरन्तरता दिएको मन्त्री बास्कोटाले जानकारी दिए।

सरकारले कपडा उद्योगहरुलार्इ विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने, मेसिनरी सामान आयातमा एक प्रतिशत मात्र भन्सार लिने जनाएको छ । 

यस्तै कपडा उद्योगीहरुको ऋणमा ५ प्रतिशत ब्याजदर अनुदान र उत्पादन निर्यात गर्दा ५ प्रतिशत अनुदान दिइने निर्णय भएकाे छ ।

उद्योगीहरुको माग संवोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा सरकारले निर्णय गरेको मन्त्री बास्कोटाको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।