लगानीकर्ताले विवरण उपलब्ध नगराउँदा अनलाइन कारोवार व्यवस्थित भएन

Dec 14, 2018 merolagani

शेयर लगानीकर्ताको हितग्राही खाता (डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन ।

धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा ‘पासवर्ड’ माग गरेका कतिपय लगानीकर्ताले आवश्यक विवरण उपलब्ध नगराउँदासमेत समस्या भएको छ ।

यस्तै एउटै हितग्राही खाता धेरै दलाल तथा ग्राहकको कारोवार खातामा देखिन गएकाले कारोवारमा पहुँच दिन नसकिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

स्टकमा युजरनेम र पासवर्ड कसरी लिने भन्दै लगानीकर्ताले अत्यधिकमात्रामा चासो देखाएपछि विहीबार धितोपत्र दलाल व्यवसायीलाई बोलाएर छलफल गरेको छ । सहजरुपमा युजरनेम र पासवर्ड दिने व्यवस्था मिलाउन, आवश्यक सम्झौता गर्न तथा स्टकको प्रणालीमा आइसकेको ग्राहकको कारोवार खाता र हितग्राही खाताको विवरण परीक्षण गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

नयाँ दर्ता भएका ग्राहकको हितग्राही खाता एकीकृत गर्न स्टकले एक ढाँचा तयार पारी सदस्य दलाललाई उपलब्ध गराइसकेको छ । यस्तै स्टकले आगामी पुस १७ गतेदेखि मर्चेन्ट बैंकलाई समेत एकीकृत कारोवार सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएकोसमेत जानकारी दिएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार गत कात्तिक २० गतेदेखि शुरु भएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा समस्या आएपछि त्यसमा आवश्यक सुधार गरी यही मङ्सिर २३ गते आइतबारदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।

प्रवक्ता पराजुलीका अनुसार हाल ५८ ग्राहकको खाताको विवरण स्टकमा प्राप्त भएको छ । त्यसमा कूल ४५ खाताको विवरण विहीबार मात्रै प्राप्त भएका हुन् । त्यसमध्ये २५ ग्राहकलाई युजरनेम र पासवर्ड दिइएको छ । बुधबार तीन ग्राहकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीबाट शेयर खरीद बिक्री गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।