आईएमई जनरल इन्स्योरेन्सको हकप्रद पुस १७ देखि, ९७ करोड चुक्ता पूँजी पुग्ने

Dec 14, 2018 Merolagani

आईएमई जनरल इन्स्योरेन्स कम्पनी (IGI) ले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सो हकप्रद निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सको हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। उसले यहि चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैयाँ बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात यस कम्पनीको ९७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

इन्स्योरेन्सले मंसिर ७ गते हकप्रद निष्काशनका लागि बुक्लोज गरेकाले मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद किन्न पाउनेछन् ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ । शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

हकप्रदमा आवेदन दिने अन्तिम दिन माघ २१ गते रहेको बिक्री प्रबन्धकले जनाएको छ। आईएमई जनरल इन्स्योरेन्सकाे शेयरमूल्य दाेस्राे बजारमा प्रतिकित्ता ४२५ रूपैयाँ रहेकाे छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएकाे  इन्स्योरेन्सकाे प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।