आमरण अनशनको चेतावनीपछि आन्दोलनरत लगानीकर्तालाई सरकारले छलफलमा बोलायो

Dec 14, 2018 Merolagani

पूँजी बजारको विकास र विस्तारको लागि विभन्न मागहरु राख्दै गत मंसिर २३ गतेदेखि रिले अनशनमा बसेका लगानीकर्ताको दबाब समूहलाई सरकारले छलफलमा बोलाएको छ । लगानीकर्ताको दवाब समूहले पुष १ गतेबाट आमरण अनशन थाल्ने चेतावनी दिएपछि सरकारले छलफलमा डाकेकोे हो ।

शेयर लगानीकर्ता दबाब समूहले शुरु गरेको रिले अनशन छैटौं दिन पुग्दा समेत सरकार तथा सरोकारवाला निकायबाट कुनै सुनुवाई नभएपछि पुस १ गते आईतबारदेखि आमरण अनशन गर्ने घोषणा गरेको थियो ।

शुक्रबार आन्दोलनरत लगानीकर्तालाई वार्तामा बोलाइएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार अनशनरत लगानीकर्तालाई दिउँसो २ बजे छलफलका लागि बोलाइएको छ । छलफलमा अर्थमन्त्रालयका सहसचिव, अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिको सदस्यहरु लगायतको सहभागिता हुने बताइएको छ ।

उच्चस्तरीय समितिले अध्ययन प्रतिवेदनलाई अन्तिम रुपम दिनु अगाडि नेप्सेको गेटमा धर्नामा बसेका लगानीकर्ताहरुको सुझाब लिनका लागि छलफलमा डाकेको बुझिएको छ । यता सरकारले छलफलमा बोलाएपछि अनशनरत लगानीकर्ताहरु समेत छलफलमा जुटेका छन् ।

 

यता आन्दोलनरत लगानीकर्ताले आमरण अनशन बसेपछि अर्थमन्त्री डा. युवराज खतिवडा, धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्की, कार्यकारी निर्देशक निरज गिरी, गभर्नर डा. चिरन्जिवि नेपाल, बीमा समितिका अध्यक्ष डा. चिरन्जिवी चापागाँई, नेप्से अध्यक्ष लक्ष्मण न्यौपाने र प्रमुख कार्यकारी चन्द्रसिंह साउदको बर्खास्ती आफुहरुको पहिलो शर्त हुने बताएका छन् । त्यसपछि मात्र १४ वटा मागहरुका बारेमा छलफल र वार्ता हुनसक्ने लगानीकर्ताहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दवाब समूहको नेतृत्वमा सेयर लगानीकर्ताहरु गत आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जअगाडि अनसन बसिरहेका छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।