यस अत्तरिया शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३३ पुगेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, थप सुविधाहरुका साथ परिमार्जित एवं विस्तारित मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, बेलायत, कतार, युएई, अष्टे«लिया, भारत बराइन,जोर्डन, भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।