अर्थमन्त्रीको राजीनामाको माग छाडेपछि दबाब समूह पनि उच्चस्तरीय समितिमा सामेल

Dec 14, 2018 Merolagani

विभिन्न १४ सुत्रिय माग राखेर गत मंसिर २३ गतेबाट रिले अनशन थालेको शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्रीको राजीनामा लगायत दुई माग छाडेपछि सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन समितिमा सामेल गरिएको छ । दबाब समूहका तर्फबाट तीन सदस्य अध्ययन समितिमा आमन्त्रीत सदस्यको रुपमा थपिएको हो ।

शुक्रबार दिउँसो अर्थमन्त्रालयमा उच्चस्तरीय समिति र दबाब समूहबीच भएको छलफलपछि दबाब समूह अर्थमन्त्रीको राजीनामा र बीमा लाइसेन्स वितरणको छानबिन गर्नुपर्ने माग फिर्ता गर्न सहमत भएपछि उच्चस्तरीय समितिमा सामेल गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयमा उच्चस्तरीय अध्ययन समितिका संयोजक डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा भएको वार्तामा लगानीकर्ता दवाब समूहको तर्फबाट पाँच जना प्रतिनिधि सहभागि थिए । जसमध्ये अध्ययन समितिमा तिलक कोइराला, उत्तम अर्याल र नयन बास्तोलको आमन्त्रीत सदस्यको रुपमा सहभागिता गराइएको अर्थमन्त्रालयले जनाएको छ । 

लगानीकर्ताको दवाब समूहले अर्थमन्त्रीको राजीनामा सहित १४ बुँदे माग प्रस्तुत गर्दै आन्दोलन सुरु गरेको थियो । यो समूहले आगामी आइतबारदेखि आमरण अनसन थाल्ने चेतावनी दिएसँगै अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको प्रयासमा वार्तामा बोलाइएको थियो ।

अहिले आमन्त्रीत सदस्य सहित उच्चस्तरीय समितिको बैठक बसिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।