ब्याजदर वृद्धिको चपेटामा ऋणपत्र, कति बिक्यो सानिमाको ?

Dec 15, 2018 Merolagani

मुद्धति निक्षेपकोे ब्याजदर बढाएपछि बाणिज्य बैंकहरुको ऋणपत्रमा न्युन आर्कषण देखिएको छ । बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर नै १३ प्रतिशतसम्म पुर्याएपछि यहि समयमा ऋणपत्र जारी गरेका बैंकहरुलाई ऋणपत्र बिक्री गर्न मुस्किल देखिएको छ ।

नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा ब्याजदर बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेपछि बैंकहरुले १३ प्रतिशतसम्म ब्याज दिन थालेका छन् ।

जसले गर्दा दश प्रतिशत ब्याजदरका ऋणपत्रहरु बिक्री गर्न बैंकहरुलाई कठिनाई उत्पन्न भएको छ । बैंकहरुले सामान्य बचतमै सात प्रतिशत ब्याज दिइरहेका छन् ।

सानिमा बैंकले कात्तिक ३० गतेदेखि निष्काशन गरेको दश वर्ष अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा मंसिर २८ गते सम्ममा १२ करोड रुपैयाँ बराबरको मात्रै आबेदन परेको छ । शुक्रबार सम्ममा २ हजार ५१८ जनाले एक लाख २० हजार कित्ताको लागि आबेदन परेको बैंकको ऋणपत्र बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटका मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

निर्धारित समय भित्र बैंकको सबै ३८ करोड रुपैयाँको ३ लाख ८० हजार कित्ता ऋणपत्र बिक्री नहुने देखिन्छ । अन्तिम दिन पुष १ गते केहि बढी आबेदन पर्नसक्ने बिक्री प्रबन्धक कम्पनीको अनुमान छ । तरपछि सबै ऋणपत्र नबिक्ने निश्चित छ ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाइएको ऋणपत्रमध्ये अझै २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता बिक्री हुन बाँकी छ ।

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तरवबाट बिक्री गरिनेछ ।

सिद्धार्थ बैंकको पनि उस्तै हालत

यस्तै सिद्धार्थ बैंकले साढे दश प्रतिशत ब्याजदरमा दुई अर्ब २५ करोडको ऋणपत्र निष्काशन गरेकोे छ। बैंकले प्रतिकित्ता एक हजार मूल्यमा ७ वर्षे अवधिको “एसबिएल डिवेन्चर २०८२” निष्काशन गरेको हो । जसमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ।

सिद्धार्थको ऋणपत्रमा निक्कै कम आवेदन परेको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । जसमा न्यूनतम २५ कित्ताको २५ हजारदेखि अधिकतम एक लाखकित्ताको लागि १० करोड रुपैयाँसम्मका आवेदन गर्न सकिने व्यवस्था छ ।

सिद्धार्थ बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।

सनराइजको आउने क्रममा

यता सनराइज बैंकले पनि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यमा १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ ।

निष्काशन हुन लागेको ऋणपत्र मध्ये २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुनेछ । ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक दश प्रतिशत ब्याज अर्धबार्षिक रुपमा प्राप्त गर्नेछन् । ऋणपत्रको अवधि ५ बर्षको रहेको छ ।

‘सनराइज डिबेञ्चर २०८०’ नाम दिइएको उक्त ऋणपत्र जारी गर्न सनराइज बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।